काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४० जनाकाे काेराेना परीक्षण भइरहेकाे छ।
बिहीबार र शुक्रबारसम्म कोरोना भाइरस संक्रमणका लागि ४० जनाको नमूना संकलन भएको थियाे।
काठमाडौँं उपत्यका र बाहिरका अस्पतालबाट पठाइएको ती नमुनाको परीक्षण रिपोर्ट शुक्रबार साँझ आउने प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए।
नेपालमा हालसम्म कोरोनाको आशंकामा ५ सय ४६ जनाको नमूना परीक्षण भएको छ।