काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्।
शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सक, सुरक्षाकर्मीलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका लागि परिचालन गर्ने व्यवस्था मिलाइएको बताएका छन्।
साथै उपचारका लागि आवश्यक औषधि, उपकरण, अवाश्यक जनशक्तिको प्रबन्ध मिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको उनले बताएका छन्।
उनले महामारीसँग जुध्न सजिलो नभएको भन्दै प्रधानमन्त्री ओलीले सरसफाइ, आनीबानी र दैनिक जीवनमा परिवर्तन गर्न आग्रह गरेका छन्।
उनले भने,‘नियमित हात धुने गर्नुस, स्यानिटाइजर प्रयोग गर्नुस, सकेसम्म घरमै बस्नुस, चिकित्सकको सल्लाह मान्नुस तर आंतकित नबन्नुस।’
कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि राज्यले तयारी गरेको र आवश्यकता अनुसार थप गर्दै जाने प्रधानमन्त्रीले बताएका छन्।