काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आंशकामा शुक्रबार ४० जनामध्ये ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
बाँकी ७ जनाको परीक्षणको रिपोर्ट शनिबार आउने प्रयोगशालाले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बाहिर जिल्लाका विभिन्न अस्पतालबाट परीक्षणका लागि नमूना संकलन भएको थियो।
आजसम्म प्रयोगशालामा विहिबारसम्म ५ सय ७९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ।
यो पनि