काठमाडौं – कोरोना भाइरसका संक्रमितको उपचारका लागि कान्ति बाल अस्पतालले ११ शय्याको आइसोलेसन वार्ड छुट्याएको छ।
यसअघि एक वटा मात्र आइसोलेसन वार्ड रहेको अस्पतालमा १० वटा थप्दै ११ शय्याको आइसोलेसन वार्ड बनाइएको हो।
कोरोना संक्रमितको उपचारको पूर्व तपारी स्वरुप आइसालेसन वार्ड छुट्याइएको अस्पतालका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।
आइसोलेसनसँगै भेन्टिलेटर सहितको छुट्टै दुई वटा आईसीयु कक्षको पनि व्यवस्था गरिएको उनले बताए। कोरोनाको जोखिम नियन्त्रणका लागि अस्पतालले ओपिडी छिर्ने गेट नजिक साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ।
ओपिडी अन्तर्गत रुघाखोकी र ज्वरोको छुट्टै परीक्षण गर्ने कक्षको पनि व्यवस्था गरिएको निर्देशक डा पौडेलले जानकारी दिए। अस्पतालमा हाल चिकित्सकका लागि १५ वटा सुरक्षा कवच (पिपिई) रहेको उनले बताए ।
उनले भने, ‘कोरोना भाइरसको जोखिम रोकथाम र उपचारका लागि कान्ति बाल अस्पताल तयार अवस्था छ।’

