काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डाक्टर र नर्स गरी ४४ जनालाई रोजगारी दिने भएको छ।
अस्पतालले तीन महिनाका लागि उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो।
कोरोनाको उपचारमा जनशक्ति अभाव हुन नदिन अस्पतालले जनाशक्ति माग गरेको हो।
अस्पतालले कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्सलाई करारमा नियुक्त गर्न लागेको हो।
