काठमाडौं- सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका विभिन्न अस्पताल तथा होटलमा निगरानी बढाएको जनाएको हो। चितवन, रुपन्देही, पोखरा र काठमाडौंका अस्पताल तथा होटलमा निगरानीका लागि १७ जना खटाइएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
उनीहरुलाई यही चैत ५ गतेबाट ती चार जिल्लामा खटाइएको महाशाखाले जनाएको छ। ती टोलीले अस्पताल र होटलमा गम्भीर खालका श्वासप्रश्वासको समस्या र रुघाखोकीका लक्षण भएका बिरामीको दैनिक रुपमा रिपोर्टिङ हुने डा पाण्डेले बताए। तर अहिलेसम्म निगरानीका क्रममा कति जनाको रिपोर्टिङ भयो भन्ने तथ्यांक महाशाखासँग छैन।
महाशाखाले फागुन ३० गतेदेखि सुरु गरेको कल सेन्टरमा बिहीबारसम्म २८ हजार ८ सय ७५ फोन कल आएका छन्।