काठमाडौं- सरकारले मन्त्रिपरिषद्का सबै सदस्यहरूले एक महिनाको तलब कोरोना नियन्त्रण आपत्कालीन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सिमा नाकाबाट नेपाल भित्रिएका कोरोना संक्रमणका शंकास्पद व्यक्ति भाग्नबाट रोक्न सीमामा सेना र प्रहरी खटिने भएका छन्।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार आइतबार बसेको बैठकले स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा सिमामा संयुक्त टोली खटाउने निर्णय गरेको हो।
नाकामा आएका ब्यक्तिले उपचारमा आनाकानी नगरोस् र भाग्न नपाओस् भनेर सो टोली बनाइएको हो। सो टोलीले शंका लागेका ब्यक्तिलाई सबै तयारी सहित तोकिएको अस्पतालसम्म लैजाने जिम्मेवारी तोकिएको उनले बताए।