काठमाडौं- नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न सम्पूर्ण सदस्यलाई अपिल गरेको छ।
संघले सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना संक्रमणको त्रासका बीच आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक विधि अपनाएर अत्यावश्यक सेवाको रुपमा रहेको औषधि पसल सञ्चालन गर्न अपिल गरेको हो।
संघले व्यवसायीहरुलाई औषधि आपूर्ति र वितरणमा कुनै प्रकारका समस्या आएमा त्यसको समाधानका लागि आफू तयार रहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।
संघले विज्ञप्तिमा भूकम्प, नाकाबन्दी, माहामारीजस्ता कठिन परिस्थितिमा पनि औषधिको अभाव हुन नदिएका व्यवसायीले कोरोना भाइरसको महामारीमा पुनः अर्को परीक्षा दिनुपरेको उल्लेख गरेको छ।