काठमाडौं- स्वास्थ्य मन्त्रालयले राष्ट्रिय दादुरा-रुबेला खोप अभियान चैत मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
मन्त्रालयले फागुन र चैत महिनामा सञ्चालित राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सञ्चालन सुरु नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुमा स्थगित निर्णय गरेको हो।
सोमबार मन्त्रालयले विज्ञप्ति निकाल्दै कोभिड-१९ को संक्रमणको सम्भावित जोखिम न्यूनीकरण तथा भीडभाडको कारण हुनसक्ने जोखिम कम गर्न लागि स्थगन गरिएको जनाएकोे छ।
हाल अभियान सञ्चालन भइरहेको पालिका, वडा, स्वास्थ्य संस्थाको पूर्वयोजना अनुसार अभियान सम्पन्न गर्ने तर यसरी खोप सेवा सञ्चालन गर्दा भीडभाड हुन नदिने व्यवस्था गरी सतर्कता अपनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।
विज्ञप्तिमा खोप अभियानको खोप तथा कोल्डचेन सामग्री सम्बन्धित जिल्लाहरुले सुरक्षित भण्डारणको व्यवस्था गर्ने जनाएको छ।