काठमाडौं- कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल सुनसान भएको छ।
अन्य समय सरुवा रोगको उपचारका लागि भीडभाड हुने टेकु अस्पताल सोमबार दिउसो सुनसान थियो।
बिरामी नभए पनि चिकित्सक र नर्सहरु अस्पताल भित्र थिए। तर अस्पताल बाहिरको दृश्यले सेवा प्रवाह रोकिएको संकेत गर्थ्यो। अस्पतालको सेवा भने रोकिएको छैन। कोरोना संक्रमति ती युवतीको उपचार सोही अस्पतालमा भइरहेको छ। शंकास्पदलाई सोही अस्पतालको आइसोलेसनमा राखिएको छ।