काठमाडौं– विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समय अनुसार मंगलबार दिउसो १ बजेसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १६ हजार ५ सय ६३ पुगेको छ। मुत्यु हुनेको संख्या सबैभन्दा बढी इटालीमा रहेको छ।
मंगलबार दिउसो १ बजेसम्म इटालीमा कोरोनाको कारण ६ हजार ७७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै कोरोना भाइरसको उद्गमस्थल चीनको हुवेईमा मृत्यु हुनेको संख्या ३ हजार १ सय ६० रहेको छ।
हालसम्म स्पेनमा मुत्यु हुनेको संख्या २ हजार ३ सय ११ पुगेको छ। इरानमा मुत्यु हुनेको संख्या १ हजार ८ सय १२ पुगेको छ। फ्रान्समा मुत्यु हुनेको संख्या ८ सय ६० पुगेको छ। युकेमा मुत्यु हुनेको संख्या ३ सय ३५ पुगेको छ।
नेदरल्याण्डमा मुत्यु हुनेको संख्या २ सय १३ पुगेको छ। अमेरिकामा १ सय २५ जनाको मुत्यु भएको छ। जर्मनीमा १ सय २३ जनाको मुत्यु भएको छ। दक्षिण कोरियामा १ सय २० जनाको मुत्यु भएको छ।
मंगलबार यो समाचार तयार पार्दसम्म ३ लाख ८१ हजार ६ सय २१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १ लाख १ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन्।