काठमाडौं- कान्ति बाल अस्सतालले बालबालिकाको स्वास्थ्यका विषयमा जानकारी उपलब्ध गराउन हटलाइन सेवा सुरु गरेको छ।
अस्पतालले लकडाउनको समयमा अस्पताल नआउन अनुरोध गर्दै स्वास्थ्य सेवा सम्बन्धी जानकारी चाहिए फोन गर्न सक्ने सेवा सुरु गरेको हो।
अस्पतालले सर्जिकल ड्युटी चिकित्सक र मेडिकल ड्युटी चिकित्सकको मोबाइल र ल्यान्डलाइन नम्बरमा फोन गर्न आग्रह गरेको छ।
बालबालिकाको स्वास्थ्यका विषयमा जानकारी लिनु परेमा यी नम्बरमा फोन गर्न सकिने छ।
सर्जिकल ड्यटी चिकित्सक : ०१- ४४४३१३१, मोबाइल ९८४७३८६१५०
मेडिकल ड्युटी चिकित्सक: ०१- ४४२७४४९, मोबाइल ९८४७३८६२०५