काठमाडौं- नेपाल, अमेरिका तथा विश्वभर छरिएर रहेका जनस्वास्थ्य तथा चिकित्सा विधाका स्वास्थ्यकर्मीहरुले नेपाल सरकारलाई सहयोग गर्ने बताएका छन्।
उनीहरुको प्रतिनिधित्व गर्ने चार वटा संस्थाले संयुक्त अपिल जारी गर्दै सरकारलाई सहयोग गर्न सँधै तत्पर र उपलब्ध रहने बताएका हुन्। अमेरिका नेपाल मेडिकल फाउन्डेसका अध्यक्ष डा सन्तोष सापकोटा, हेल्थ फाउन्डेसन नेपालका कार्यकारी निर्देशक मदन भट्ट, कर्म हेल्थका अध्यक्ष डा विशाल बेल्बासे र नेपाल डेभलपमेन्ट सोसाइटीका कार्यकारी निर्देशक श्वेता कोइरालाले संयुक्त रुपमा अपिल निकालेका हुन्।
उनीहरुले सरकारले कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापनका लागि गरेका निर्णयको स्वागत गरेका छन्।
अपिलमा अग्रस्थानमा रहेर काम गरिरहेका सम्पूर्ण स्वास्थ्य सेवा प्रदायकलाई पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षाका सामग्रीहरु, सरसफाईको सुविधा, आवश्यक औजार तथा उपकरणहरु र अन्य सबैखाले सहयोग र प्रोत्साहन उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरिएको छ।
हेरौँ अपिल पत्र