काठमाडौं- किष्ट मेडिकल कलेजको शिक्षण अस्पतालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि काम गरिरहेको बताएको छ।
अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ नियन्त्रण समन्य समिति गठन गरी कोरोनाको उपचार तथा रोकथामका लागि काम गरिरहेको जानकारी दिएको छ।
अस्पतालले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ६० शय्याको छुट्टै आइसोलेसन वार्ड तयार पारेको छ। यसका साथै अस्पतालले ज्वरो क्लिनिक र २२ शय्याको आइसियु पनि तयारी अवस्थामा राखेको विज्ञप्ति मार्फत जानकारी दिएको छ।
अस्पतालले श्वासप्रस्वासका बिरामीलाई भर्ना नलिएको भन्ने विषयको खण्डन गर्दै चिकित्सा तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन सबैसँग आग्रह गरेको छ।
अस्पतालले उपचारमा खटिने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षाका सामग्रीहरु पिपिई स्थानीय बजारमा नपाएको भन्दै उपलब्ध गराउन सरकासँग अनुरोध पनि गरेको छ।