समाचार

लकडाउनमा गर्भवतीलाई परामर्श चाहिए यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं– मिडवाइफ्री सोसाइटी अफ नेपालको युवा मिडवाइफ समितिले लकडाउनको समयमा गर्भवतीलाई फोनबाट नै परामर्श दिने भएको छ। 

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले देशव्यापी लकडाउन गरेको छ। लकडाउनको समयमा अस्पताल तथा स्वास्थ्य संस्था जान नपाएका गर्भवतीलाई लक्षित गर्दै  फोन मार्फत परामर्श दिन सुरु गरिएको हो।

समितिका अनुसार यो समयमा गर्भावस्थाका विषयमा आवश्यक परामर्श चाहनेले तीन जनाको मोबाइमा सम्पर्क गर्न सक्ने भन्दै नम्बर सार्वजनिक गरेको छ। 

यी नम्बरमा सम्पर्क गर्न सकिने छ : 
रुकुमणी त्रिपाठी ९८४९२६३३५०
सबिता खड्का ९८४३२६६११५
प्रशंसा बुढा लामा  ९८२३०९८०३८
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने