काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को संक्रमणको कारणले मुत्यु हुनेको संख्या २४ हजार भन्दा बढी पुगेको छ।
जोन्स हप्किन्स युनिभरसिटीको तथ्यांक अनुसारश शुक्रबार दिउसो ४ बजेसम्म मृत्यु हुनेको संख्या २४ हजार १ सय २७ पुगेको छ।
इटालीमा कोरोना भाइरसको संक्रमणको कारणले सबैभन्दा धेरै मानिसको मुत्यु भएको छ। अहिलेसम्म इटालीमा ८ हजार २ सय १५ मानिसको मृत्यु भएको छ।
त्यस्तै स्पेनमा मुत्यु हुनेको संख्या ४ हजार ३ सय ६५ पुगेको छ। चीनमा मुत्यु हुनेको संख्या ३ हजार २ सय ९२ र इरानमा २ हजार २ सय ३४ व्यक्तिले ज्यान गुमाएका छन्।
विश्वभर ५ लाख ३७ हजार ८ सय ८ मानिस संक्रमित भएका छन्। संक्रमितको संख्या सबै भन्दा बढी अमेरिकामा छ। अमेरिकामा शुक्रबारसम्म ८५ हजार ९ सय ९१ जना संक्रमित भएका छन्। चीनमा ८१ हजार ७ सय ८२ जना कोरोना भाइरसको संक्रमित भएका छन्।
त्यस्तै इटालीमा ८० हजार ५ सय ८९ संक्रमितको संख्या पुगेको छ। । स्पेनमा अहिलेसम्म क्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ।
जर्मनीमा संक्रमितको संख्या ४३ हजार ९ सय ३८ र फ्रान्समा २९ हजार ५ सय ६६ पुगेको छ। इरानमा संक्रमितको संख्या २९ हजार ४ सय ६ पुगेको छ।
हालसम्म यो भाइरस लागेका एक लाख २३ हजार ३ सय १२ जना निको भएर घर फर्किएका छन्। सबैभन्दा बढी निको भएर घर फर्कने चीनको हुवेइका नागरिक रहेका छन्।
इरानमा १० हजार ४ सय ५७ जना निको भएर घर फर्किसका छन्।
इटालीमा १० हजार ३ सय ६१ जना निको भएर घर फर्किएका छन् भने स्पेनमा ७ हजार १५ जना निको भएर घर फर्किएका छन्। छन्। त्यस्तै जर्मनीमा ५ हजार ६ सय ७३ जना निको भएर घर फर्किएका छन्।