काठमाडौं- कोरोना आशंकामा कान्ति बाल अस्पतालमा भर्ना भएका आठ जनाको रिपोर्ट आएको छ। उनी सबैमा कोरोना भाइरसको संक्रमण देखिएको छैन।
अस्पतालको आइसोलेसनमा अर्का एक जना पनि भर्ना भएका छन्। उनको भने रिपोर्ट आउन बाँकी रहेका अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनी बिहीबार राति भर्ना भएका थिए। उनको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।
नौ मध्ये पाँच जनाको शुक्रबार र तीन जनाको बिहिबार रिपोर्ट आएको हो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको पौडेलले बताए। उनीहरु मलेसिया, दुबई, कतार र भारतबाट फर्किएका थिए।