काठमाडौं - व्यवसायी विशाल पण्डितले कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्न लागेको खरिदमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
पण्डितले शनिबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालय र मातहतका कुनै पनि निकायसँग कुनै पनि सम्झौता नगरिएको जानकारी दिएका हुन्।
हस्पिटेक इन्टरप्राइजेज प्रालीका सञ्चालक पण्डितको नाम जोडेर कोरोनाका नाममा भ्रष्टाचार शिर्षकमा समाचार आएपछि उनले विज्ञप्ति जारी गदैै उक्त कुराको खण्डन गरेका हुन्। पण्डितले उक्त समाचारमा कुनै सत्यता नभएकाले उक्त समाचार सच्याउन पनि आग्रह गरेका छन्।
'आधारहिन, कपोकल्पित, बिना प्रमाणको समाचार सम्प्रेषण गरी व्यक्तिगत आक्षेप र सामाजिक प्रतिष्ठामा खलल पुग्ने खालको सामाचार आएको हुनाले सो समाचारसँग मेल खाने गरी स्वास्थ्य मन्त्रालय तथा माताहतका कुनै पनि निकायसँग कुनै पनि सम्झौता गरिएको छैन,' विज्ञप्तिमा भनिएको छ, 'यस्तो विषम परिस्थितीमा झुट र भ्रम फैलाउने खालको समाचार सम्प्रेषण गरेको हुनाले उक्त समाचार सच्षई सत्यतथ्य सम्प्रेषण गर्नुहुन अनुरोध गर्दछु।'
हेरौँ विज्ञप्ति
