काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले आँखा सम्बन्धि सुझाव,परामर्श फोनबाटै दिने व्यवस्था मिलाएको छ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणको सरकारले लकडान गरेको अवस्थामा प्रतिष्ठानले आँखा सम्बन्धि कुनै जिज्ञासा भए फोनबाटै परामर्श तथा आवश्यक सुझाव दिने व्यवस्था गरेको हो।
प्रतिष्ठानमा उपचार गराइरहेका तथा अन्य बिरामीहरुले आँखा समस्या जरुरी परार्मश लिनु परेमा विशेषज्ञ चिकित्सकसँग सम्पर्क गरि परार्मश लिन सक्ने छन्।