एजेन्सी– स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको हो।
उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। मारिया टेरेसाका आफ्ना सन्तान नभएकाले भाञ्जा भाञ्जीको सहारामा बसिरहेकी थिइन्।
कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको हो। बेलायतका राजकुमार चार्ल्स पनि कोरोना भाइरस संक्रमणका बिरामी छन्।
कोरोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ।