काठमाडौं- कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३० हजार ७ सय ८० पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार बिहान ७ बजेको तथ्यांक अनुसार, विश्वभर ६ लाख ६२ हजार ७३ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ३९ हजार ४ सय २६ जना उपचारपछि निको भइसकेका छन्।
अहिलेसम्म विश्वको १ सय ९९ देश र २ पानीजहाजमा कोरोना संक्रमण फैलिएको छ।
यो हुन्, कोरोना संक्रमणबाट ज्यान गुमाउने प्रमुख १० स्थान
इटाली- १०, ०२३
स्पेन- ५,९८२
हुबेइ, चीन- ३, १७७
इरान- २, ५१७
फ्रान्स- २,३१४
युके- १,०१९
नेदरल्यान्डस्- ६३९
न्युयोर्क सिटी, न्युयोर्क, अमेरिका- ५१७
जर्मनी- ४३३
बेल्जियम- ३५३