काठमाडौं– इटालीमा कोरोना भाइरसको संक्रमणको कारण मुत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना अपडेट अनुसार इटालीमा १० हजार २३ जनाको मुत्यु भएको छ।
इटालीपछि स्पेनमा ६ हजार ५ सय २८ जनाको मृत्यु भएको छ। त्यस्तै चीनको हुवेइमा ३ हजार १ सय ८२ जनाको मुत्यु भैसकेको छ। फ्रान्समा मुत्यु हुनेको संख्या २ हजार ३ सय १४ पुगेको छ।
आइतबार राती ९ बजेसम्म विश्वभरमा ३२ हजार १ सय १३ जनाको मत्यु भैसको छ।
कोरोनाबाट अमेरिकामा १ लाख २४ हजार ७ सय ६३ जना संक्रमित भएका छन्।
इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ।
चीनमा ८२ हजार १ सय २० जना संक्रमित भएका छन्।
जर्मनीमा ५८ हजार २ सय ४७ जना संक्रमित भएका छन्।
फ्रान्समा ३८ हजार १ सय ५ जना संक्रमित भएका छन्।
इरानमा ३८ हजार ३ सय ९ जना संक्रमित भएका छन्।
त्यस्तै छिमेकी राष्ट्र भारतमा ९ सय ८७ जना संक्रमित भएका छन् भने २५ जनाको मुत्यु भइसेको छ।
विश्वभरमा ६ लाख ८४ हजार ६ सय ५२ जना संक्रमित भएका छन्।