काठमाडौं- त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले नियमित परिक्षणमा रहेका बिरामीलाई कुनै समस्या आएमा फोन मार्फत परामर्श दिने भएको छ।
देशमा कोराना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउन गरेकोले अस्पतालले आफ्ना बिरामीहरुलाई फोनबाट सल्लाह सुझाव दिने व्यवस्था गरेको जनाएको छ।
अस्पतालमा नियमित रुपमा आँखा परीक्षणमा रहेका आँखाका बिरामीहरुलाई कुनै समस्या परेमा आफ्ना सम्बन्धित चिकित्सकलाई बिहान १० देखि ११ बजे १ घण्टा फोन मार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ।
