कृष्ण पाण्डे
कोरोना भाइरसले पाँच महिनादेखि मच्चाएको त्रासदी, भयावह स्थितिले विश्व मानव समुदायलाई नै शंसकित बनाएको छ।
कोरोनाले सामाजिक, आर्थिक तथा मानवीय संकट निम्त्याएको छ। हेर्दा, प्रकृति र मानव बीचको एकतर्फी लडाई जस्तो। चीनको वुहानबाट सुरु भएको कोरोना अहिले विश्वभर फैलिएको छ।
४ देखि ७२ घण्टासम्म आयु भएको कोरोना भाइरसको बारेमा मैले गरेको अनुसन्धानमा यो एउटा साधारण भाइरस हो, जसको उपचार तथा औषधि नै बनेको छैन। यसबाट बच्न स्वास्थ्य सम्बन्धी जागरुकता, पोषणयुक्त शाकाहारी खाना खाने, एक आपसमा दुरी कायम राख्ने, सरसफाईमा ध्यान दिने, साबुन पानीले २० देखि ३० सेकेन्डसम्म हात धुने, नाक, आँखा र मुखमा हात लैजानु हुँदैन।
अहिलेसम्मको तथ्यांक अनुसार ५० वर्षभन्दा माथिका मानिसलाई कोरोनाले बढी प्रभाव पारेको देखिन्छ। आजको दिनसम्म ३३ हजारभन्दा बढी मानिसको मृत्यु कोरोनाको संक्रमणका कारण भएको छ। ७ लाख २० हजार १ सय १७ जना प्रभावित भएका छन्।
कोरोनालाई जित्न चीन कसरी सफल भयो ?
- नागरिक अनुशासन
- स्वास्थ्य जनचेतना
- प्रभावकारी सरकारी पहल
- सरकारी शून्य सहनशीलता
- सामाजिक मिडिया तथा सन्जालमा लगाम
- उमेरको आधारमा रोगको वर्गाीकरण तथा उपचार पद्धति
- कोरोनाको प्रकृति, प्रकार, प्रभाव तथा नियन्त्रण बारे अध्ययन गरी उपयुक्त उपचार पद्धति अपनाउनु।
कोरोना भाइरस नियन्त्रण गर्न अमेरिका तथा युरोप किन सफल हुन सकेन ?
- शक्तिको घमण्ड
- स्वास्थ्यलाई भन्दा अर्थतन्त्रलाई बढी ध्यान दिनु
- कोरोनालाई हल्का रुपमा लिनु
- स्वतन्त्रता, मानव अधिकार तथा खुल्ला क्षेत्र।
- ३४ प्रतिशत भन्दा बढी ५० बर्ष नाघेका मानिसहरुको बाहुल्यता, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने हुनाले कोरोना भाइरसको बढ्दो क्रम
- २७ प्रतिशत अमेरिकन तथा युरोपियनहरु मात्र घरमा खाना पकाएर खान्छन्। बाँकी ७३ प्रतिशत मानिसहरु रेष्टुरेण्टमा खानाले मानिसहरुसँग बढी सम्पर्क हुनु
- सामाजिक सुरक्षा तथा बिमा जस्ता कुराहरुबाट लाभान्वित हुने हुँदा सरकारसँग बढी आश्रित।
- कोरोनाको प्रकृति, प्रकार, प्रभाव तथा नियन्त्रणलाई मध्यनजर गरी औषधि उत्पादन गरी बाजारिकरण तर्फ अध्ययन गर्नु
कोरोनाको विश्वव्यापी प्रभावः
कोरोना भाइरसको महामारीले मानवीय क्षति मात्र नभई विश्वको अर्थतन्त्रलाई नै प्रभाव पार्ने देखिन्छ। यसको प्रभावले केहि नकारात्मक तथा धेरै सकारात्मक प्रभाव पार्ने देखिन्छ।
१) बेरोजगार : विश्वव्यापी रुपमा प्रत्येक उद्योग तथा व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
२) व्यापार घाटा भई बैंक डिफल्ट हुने देखिन्छ।
३) एकिकृत शक्तिलाई सन्तुलन बनाउने।
४) चाईनाको विश्वव्यापी प्रभाव तिब्र हुने।
५) एशिया महादेश अमेरिका तथा युरोप भन्दा शक्तिशाली हुने।
६) अणु, एटम बम, हात हतियारको उत्पादनमा कमी आउने।
७) विश्वव्यापी जैवीक तथा साईवर हतियारमा जोड दिने।
८) कोरोनाको असरले विश्वव्यापी रुपमा हरेक व्यक्ति तथा देशले आफ्नो गन्तव्य र सोच बदल्ने छ।
९) बैदेशिक रोजगार तथा माईग्रेसन व्यापारमा मन्दी आउने छ।
१०) हरेक देशले आधारभुत व्यवस्थालाई मजबुत तथा व्यवस्थित बनाउने तिर ध्यान दिनेछन्।
११) राष्ट्रिय स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार आउनेछ।
१२) मातृभूमी नै सुरक्षित तथा देश भक्तिको भावना जाग्ने देखिन्छ।
१३) हरेक देशको स्वास्थ्य व्यवस्थामा सुधार हुने देखिन्छ।
कोरोनाको प्रभावबाट नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठ
१) स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, विकेन्द्रीकरण गर्ने, सरकारी क्षेत्रलाई बढावा दिने।
२) सरुवा रोग अनुसन्धान तथा रोकथाम विभागलाई क्रियाशिल बनाउने।
३) नीजि अस्पतालहरुले आफ्नो स्तरवृद्धि, प्रविधि, तालिम तथा अनुसन्धानमा जोड दिने।
४) स्वदेशमै उपचारको लागि विश्वसनीय वातावरण बनाउन नीजि क्षेत्रमा लगानी तथा प्रविधि भित्र्याउने
५) सरकारले अन्र्तराष्ट्रिय स्तरको सुपरस्पेशलिटी अस्पतालको विकास गर्ने। अन्र्तराष्ट्रिय स्तरका विशेषज्ञ विदेशी चिकित्सक नियुक्ति गर्ने र रजिष्ट्रेशन खुल्ला गर्ने।
६) विदेशमा बिरामी रेफरको व्यवस्थालाई निरुत्साहित गर्न प्रत्येक अस्पतालमा टेलिमेडिसिन सेन्टर स्थापना गर्ने, जसको नियन्त्रण तथा व्यवस्थापन सरकारले नै गर्ने। कर तथा सामाजिक सुरक्षा योगदानको आधारमा सघन उपचार निःशुल्क गर्ने तथा यसको लागि नीति निर्माण गर्ने। जसले गर्दा जनविश्वासका साथमा नेपालमा आन्तरिक मेडिकल टुरिजम विकासको लागि टेवा पुग्ने देखिन्छ। अरबौ रुपैयाँ उपचारको लागि विदेशमा जानबाट रोकी देशको अर्थतन्त्र मजबुत बनाउन पहल गर्नुपर्छ।
७) वरिष्ठ सरकारी तथा नीजि चिकित्कलाई दैनिक १ घण्टा निःशुल्क टेलिमेडिसिन कन्सल्टेसनको लागि अनिवार्य व्यवस्था मिलाउने, प्रत्येक अस्पतालमा टेलिमिडिसिन सेन्टर खोल्न अनिवार्य बनाउने, स्वास्थ्य प्रविधि भित्राउने तथा नियमित रुपमा स्वास्थ्य शिक्षा, आविष्कार तथा अनुसन्धानात्मक गोष्ठि, अन्तक्रिया तथा तालिमको आयोजना गर्ने।
८) स्वास्थ्य सम्बन्धी व्यवस्थापन तथा विकासको लागि विशेष स्वास्थ्य व्यवस्थापन विभागको गठन गर्ने जसको नीति निर्माण तथा प्रविधि विकासको कार्यान्वयनको लागि विदेशी विशेषज्ञहरुलाई आमन्त्रण गर्ने।
९) विदेशी औषधि नेपालमा भित्राउन नदिने यसको बरु नेपालमा विदेशी लगानी गर्ने वातावरण बनाउने।
१०) नयाँ स्वास्थ्य बिमा नीति ल्याउने, जसको उपयुक्त कार्यान्वयनको लागि थर्ड पार्टि प्रशासकको नीतिगत व्यवस्थापन गर्ने।
-(कृष्ण पाण्डे नेपाल मेडिकल टुरिजम अर्गनाइजेशनका अध्यक्ष हुन्। )