काठमाडौं- कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान ८ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख २१ हजार ८ सय १७ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ४९ हजार १ सय २२ जना उपचारपछि निको भइसकेका छन्।
यो हुन्, कोरोना संक्रमणबाट ज्यान गुमाउने प्रमुख १० स्थान
इटाली- १०,७७९ (आइतबार बिहान १०, ०२३ थियो)
स्पेन- ६,८०३ (आइतबार बिहान ५,९८२ थियो)
हुबेइ, चीन- ३,१८२ (आइतबार बिहान ३, १७७ थियो)
इरान- २,६४० (आइतबार बिहान २, ५१७ थियो)
फ्रान्स- २,६०६ (आइतबार बिहान २,३१४ थियो)
युके- १,२२८ (आइतबार बिहान १,०१९ थियो)
नेदरल्यान्डस्- ७७१ (आइतबार बिहान ६३९ थियो)
न्युयोर्क सिटी, न्युयोर्क, अमेरिका- ६७८ (आइतबार बिहान ५१७ थियो)
जर्मनी- ५३३ (आइतबार बिहान ४३३ थियो)
बेल्जियम- ४३१ (आइतबार बिहान ३५३ थियो)