काठमाडौ- सरकारले कोभिड १९ नियन्त्रण गर्न चीनबाट ल्याएका सामाग्री सोमबारबाट सातै प्रदेशमा वितरण गरेको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टर मार्फत सामान पठाइएको र सोही हेलिकप्टेरले सुदूरपश्चिम प्रदेशको धनगढी सामान पुर्याउने जानकारी दिए।
महाानिर्देशक श्रेष्ठका अनुसार कर्णाली र सुदुूरपश्चिम बाहेक हेलिकप्टरबाट विराटनगर पनि सामान गइसकेको छ। अन्य प्रदेशमा भने स्थलमार्गबाट सामान पठाइएको छ।
मन्त्रालयले व्यक्तिगत सुरक्षा कवच एक हजार थान, सर्जीकल माक्स १० हजार थान, ग्लोव्स २ हजार थान र एन९५ माक्स १ हजार थानका दरले सातै प्रदेशका पठाएको जनाएको छ।
सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर कोविड१९ को परिक्षण गर्ने तयारी समेत गरेको छ।
प्रदेश स्तरमा रहेका अस्पतालको ल्याब स्तरवृद्धि गरी सञ्चालन सम्भाव्यताको लागि ल्याब विज्ञहरुको टोली पनि पठाइएको मन्त्रालयले जानकारी दिएको छ।
प्रदेशका ल्याबको स्तर वृद्धीसंगै चीनबाट ल्याइएका पोर्टेवल पिसिआर मेसिन पनि व्याकअपको लागि पठाइने बताइएको छ।