काठमाडौं- स्वास्थ्य मन्त्रालयले देशभरका आइसोलेसनमा ९३ जना व्यक्तिलाई राखिएको बताएको छ।
स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले गृह मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशहरुबाट हालसम्म २१७ जनाको कोरोना संक्रमण परीक्षणका लागि नमुना संकलन गरिएको जानकारी दिए। तीमध्ये केहीको परीक्षण भई रिर्पोट आइसकेको छ भने केहीको आउनेक्रममा छ।
उनले बुटवलमा आइसोलेसनमा मृत्यु भएको व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको बताए। उनले पाटन र वीरमा मृत्यु भएका ३ जनाको पनि ल्याब परीक्षण भइरहेको बताए।
डा देवकोटाले स्थानीय तहमा हालसम्म विदेशबाट आएका ४१ हजार १ सय ४ जना व्यक्तिको नामावली संकलन गरिएको जानकारी दिँदै ती व्यक्तिलाई निगरानीमा राखिएको पनि जानकारी दिए।
हालसम्म टेकु प्रयोगशालामा ९ सय ९३ जाँच भइसकेको छ।