काठमाडौं– कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ लाख ५० हजार भन्दा बढी नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना तथ्यांक अनुसार सोमबार साँझ ५ बजेसम्म उपचारपछि निको हुने संक्रमितको संख्या १ लाख ५४ हजार ६ सय ७३ पुगेको छ।
संक्रमित निको भएर घर फर्किनेमा सबैभन्दा बढी चीनमा रहेका छन्। चीनमा अहिलेसम्म ७५ हजार ९ सय १६ जना निको भएर घर फर्किसकेका छन्।
स्पेनमा १४ हजार ७ सय ९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इटालीमा निको भएर घर फर्किनेको संख्या १३ हजार ३० जना पुगेको छन्।
त्यस्तै जर्मनीमा उपचारपछि निको हुनेको संख्या ९ हजार २ सय ११ पुगेका छन्।
फ्रान्समा ७ हजार २ सय २६ जना बिरामी उपचारपछि घर फर्किसकेका छन्।
दक्षिण कोरियामा उपचारपछि निको हुनेको संख्या ५ हजार २ सय २८ पुगेको छ।
अमेरिकामा उपचारपछि निको हुने बिरामीको संख्या ४ हजार ८ सय ६५ जना पुगेका छन्।
बेल्जियमा एक हजार ३ सय ५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
हालसम्म विश्वभर ७ लाख ३२ हजार १ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसका कारण हालसम्म ३४ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ।