काठमाडौं– कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी अमेरिकामा देखिएको छ। नेपाली समय अनुसार सोमबार राती १० बजेसम्म अमेरिकामा कोरोना भाइरसबाट १ लाख ४४ हजार १ सय ४६ जना संक्रमित भएका छन्।
अमेरिकामा १ सय २० जनाको कोरोनाको कारण मृत्यु भएको छ।
इटालीमा ९७ हजार ६ सय ८९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
स्पेनमा ८५ हजार १ सय ९५ जना संक्रमित भएका छन्।
चीनमा ८२ हजार १ सय ९८ जना संक्रमित भइसकेका छन् ।
जर्मनीमा ६३ हजार ७९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
इरानमा ४१ हजार ४ सय ९५ जना संक्रमित भएका छन्।
फ्रान्समा संक्रमितको संख्या४० हजार ७ सय ५१ जना संक्रमित भएका छन्।
युकेमा संक्रमितको संख्या १९ हजार ८ सय २१ पुगेको छ।
स्विटजरल्याण्डमा १५ हजार ५ सय २६ पुगेका छन्।
बेल्जियम र नेदरल्याण्डमा ११ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएका छन्।
विश्वभर अहिलेसम्म ७ लाख ४५ हजार ३ सय ८ जना संक्रमित भइसकेका छन्।
भाइरसका कारण ३५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।