काठमाडौं- स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आज मंगलबारबाट पोखरामा पनि कोरोना भाइरसको प्रयोगशाला परीक्षण सुरु हुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा मेसिन जडान भइसकेकोले आजैबाट परीक्षण सुरु हुने जानकारी दिए। उनले हेटौंडामा पनि छिट्टै नमुना जाँच सुरु गर्ने गरी काम भइरहेको बताए।
यसअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमुना जाँच गर्ने काम सुरु भइसकेको छ। धनगढी, जनकपुर र सुर्खेतमा पनि जाँच सुरु गर्न आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ।