काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या ८ लाखभन्दा बढी पुगेको छ। जोन हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांक अनुसार नेपाली समय ४ बजेर ५० मिनेट पुग्दा कोरोना संक्रमितको संख्या ८ लाख ४९ जना पुगेको छ।
संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा १ लाख ६४ हजार ६ सय १० पुगेको छ। त्यसपछि इटालीमा एक लाख १ हजार ७ सय ३९ पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ३७ हजार ८ सय ७८ पुगेको छ।
संक्रमितमध्ये १ लाख ६६ हजार ७ सय ६८ जना उपचारपछि निको भएका छन्।
अमेरिका र इटालीपछि यी हुन् १० हजार भन्दा बढी संक्रमित रहेका देश
स्पेनमा संक्रमितको संख्या ८७ हजार ९ सय ५६ रहेको छ।
चीनमा ८२ हजार २ सय ४० जना संक्रमित भएका छन्।
जर्मनीमा ६७ हजार ५१ जना संक्रमित भएका छन्।
फ्रान्समा ४५ हजार १ सय ७० जना संक्रमित भइसकेका छन्।
इरानमा अहिलेसम्म ४१ हजार ४ सय ९५ जना संक्रमित भइसकेका छन्।
युकेमा २२ हजार ४ सय ६५ जना संक्रमित भइसकेका छन्।
स्विटजरल्याण्डमा १५ हजार ९ सय २२ जना संक्रमित भइसकेका छन्।
बेल्जियममा ११ हजार ८ सय ९९ जना संक्रमित भइसकेका छन्।
नेदरल्याण्डमा ११ हजार ८ सय १७ जना संक्रमित भइसकेका छन्।
टर्कीमा १० हजार ८ सय २७ जना संक्रमित भइसकेका छन्।