चितवन - चितवनस्थित भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी नियुक्त भएका छन्। लामो समयदेखि अध्यक्ष बिहिन बनेको अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको मंगलबारको निर्णय अनुसार ३ बर्षे कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा नियुक्त गरेको हो।
यस्तै सदस्यहरूमा रमाकान्त सापकोटा, केशव देवकोटा, रमा घिमिरे लगायत नियुक्त भएका छन्।
अस्पतालको अध्यक्ष नियुक्त भएसँगै डा अधिकारीले अस्पताललाई मुलुककै नमुना र पहिलो नम्बरको अस्पताल बनाउने बताए। यस्तै आफु कारोना कहरसगैँ अध्यक्षमा नियुक्ती भएकोले कारोनोका सहज उपचार गर्नु नै पहिलो प्रथामिकता हुने समेत उनले बताए