खाँदबारी- पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी अस्पतालमा भेन्टिलेटर जडान हुने भएको छ। अस्पतालले पहिलोपटक भेन्टिलेटरको सेवा प्रदान गर्ने भएको हो।
अत्यन्तै गम्भीर प्रकृतिका उपचारमा आवश्यक २ वटा भेन्टिलेटर जडान गर्न लागिएको हो। निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाको भारतीय कम्पनी सतलजको सहयोगमा अस्पतालमा भेन्टिलेटर जडान हुने भएको हो।
सोमबार कम्पनीका सिइओ अरुण देमानले सहयोग हस्तान्तरण गरेपछि अस्पतालमा भेन्टिलेटर जडान हुने भएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार अस्पतालका ५० बेडमध्ये ७ बेड आइसोलेसनको लागि छुट्टाइएको छ। कोभिड १९ को महामारीबाट बचाउन भेन्टिलेटर थप प्रभावकारी हुने उनको बुझाइ छ।
हालसम्म प्रदेश १ का १० पहाडी जिल्लामा भेन्टिलेटर सुविधा उपलब्ध छैन।