काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ३९ हजारभन्दा बढीको ज्यान गएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार बेलुका ९ बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३९ हजार ३३ जनाको मृत्यु भइसकेको छ। यस्तै संक्रमित हुनेको संख्या ८ लाख ३ हजार ६ सय ५० जना पुगेको छ।
संक्रमितमध्ये हालसम्म १ लाख ७२ हजार ८ सय ६९ जना उपचारपछि निको भएका छन्।
मंगलबार विश्वका विभिन्न देशमा १९ हजार भन्दा बढी नयाँ कोरोना भाइसर संक्रमित थपिएका छन्। एक हजार भन्दा बढी मानिसको मुत्यु भएको छ।
एक हजारभन्दा बढी मानिसको मृत्यु भएका देश
इटालीमा कोरोना भाइरसका कारण हालसम्म ११ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ।
स्पेनमा मुत्यु हुनेको संख्या ८ हजार १ सय ८९ पुगेको छ।
चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ।
अमेरिकामा मुत्यु हुनेको संख्या ३ हजार ४ सय पुगेको छ।
फ्रान्समा ३ हजार २४ जनाको मुत्यु भएको छ।
इरानमा मुत्यु हुनेको संख्या २ हजार ८ सय ९८ पुगेको छ।
युकेमा मुत्यु हुनेको संख्या १ हजार ४ सय ८ पुगेको छ।
नेदरल्याण्ड्समा मुत्यु हुनेको संख्या १ हजार ३९ पुगेको छ।