काठमाडौं- हेल्थ असिस्टेन्ट संघ नेपाल(हान)ले कोभिड१९को नियन्त्रण र रोकथामका लागि गरेको लकडाउनका कारण स्वास्थ्य सेवा असहज भएको भन्दै सबै शाखाबाट हटलाइन सेवा सुरु गर्ने भएको छ।
हानका केन्द्रिय अध्यक्ष दाताराम अधिकारीका अनुसार हान केन्द्रिय कार्यालयले हरेक प्रदेश, जिल्ला र स्थानीय तहसम्म लकडाउनका कारण स्वास्थ्य सेवा सहज गराउन हट लाइन सेवा सुरु गर्न लागेको बताए। उनले सेवा उपलब्ध गराउने सदस्यलाई आफ्नो सम्पर्क नम्बर उपलब्ध गराउन भनिएको पनि बताए।
कोभिड१९ कारणभन्दा यसैको बहानामा अन्य स्वास्थ्य सेवा असहज भएको भन्ने समाचारहरु आएपछि स्थानीय तहसम्म हटलाइन नम्बरबाट सेवा दिने र आवश्यक भएमा घरघरमै पुग्ने व्यवस्था गरिएको हान सचिव दिर्घ बोगटीले जानकारी दिए।
लकडाउन अवधिभर हटलाइन सेवा उपलब्ध गराइने र समन्वयका लागि स्थानीय निकायलाई समेत अनुरोध गरेको छ। हानले केन्द्रिय पदाधिकारीको हट लाइन नम्बर सार्वजनिक गर्दै स्वास्थ्य सेवाका लागि सम्पर्क गर्न अनुरोध गरेको छ।
.jpg)