कामठाडौं- आजबाट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको प्रयोगशालामा कोभिड-१९ को परीक्षण सुरु हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हेटौंडामा परीक्षणका लागि तयारी सकिएकाले आज बेलुकाबाट परिक्षण गरिने बताए।
उनले त्यसबाहेक हटौडा, धनगडि र बुटबमा पनि मेसिन जडान गर्ने काम भइरहेको बताए। केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु बाहेक धरान र पोखरामा परीक्षण सुरु भइसकेको छ।
पोखरामा ४ जनाको परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए।
धरानमा १२ जनाको नमुना परीक्षण भइरहेको छ।