काठमाडौं– कोरोना भाइरसको संक्रमणको कारण ज्यान गुमाउने संख्या ४४ हजार नाघेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीका बुधबार बेलुका साढे ९ बजेको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसको संक्रमणले ४४ हजा २ सय १६ जनाको ज्यान गएको छ।
कोरोना भाइरसका कारण इटालीमा सबै भन्दा बढी १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा मुत्यु हनेको संख्या ४ हजार ९९ सय पुगेको छ। स्पेनमा मुत्यु हुनेको संख्या ९ हजार ५३ पुगेको छ। फ्रन्समा मुत्यु हुनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ।
चीनको हुवेइमा मुत्यु हुनेको संख्या ३ हजार १ सय ९३ पुगेको छ। इरानमा मुत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ। युकेमा मुत्यु हुनेको संख्या २ हजार ३ सय ५२ पुगेको छ।
स्पेनमा १ लाख २ हजार १ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा १ लाख ९० हजार ८९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जर्मनीमा ७३ हजार २ सय १७ जना संक्रमित भएका छन्।
फ्रान्समा संक्रमितको संख्या ५२ हजार ८ सय ३६ पुगेको छ।
विश्वमा ८ लाख ८५ हजार ६ सय ८७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
संक्रमितमध्ये उपचार पछि घर फर्कनेको संख्या १ लाख ८५ हजार ४ सय ७७ जना रहेका छन्।