काठमाडौं– काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले लकडाउनको समयमा बिरामीलाई टेलिफोनबाट नै परामर्श सेवा दिने व्यवस्था मिलाएको छ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलने डरले सरकारले लकडाउन गरेको छ यहि कुरालाई ध्यानमा राखेर अस्पतालले टेलिफोनबाट सेवा दिने व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा स्वास्थ्य परिक्षण वा उपचार गराउँदै आएका बिरामीलाई यस्तो व्यवस्था गरेको अस्पतालले जनाएको छ।
केएमसीले सिनामंगलर दुवाकोटमा ज्वरो क्लिनिक समेत सञ्चालनमा ल्याएको छ। शंकास्पद बिरामीलाई अस्पतालको आइसोलेसनमा राख्न पहिलो चरणमा ७ शय्याको कोरोना आइसोलेसन क्यूबिकल वार्ड, १० बेडको कोरोना केयर वार्ड तथा ३ वटा भेन्टिलेटर सहित कोरोना केयर आईसियू बेड को स्थापना गरेको छ।
कलेजले अस्पतालमा कोभिड(१९ को व्यस्थापनको लागी टास्क फोर्स समेत गठन गरेको छ।
परामर्शका लागि यी नम्बरमा फोन गर्न सकिन्छ