काठमाडौं– कोराना भाइरसबाट विश्वभर ९ लाख ५१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।
नेपाली समय अनुसार बिहीबार दिउसो साढे ५ बजेसम्म ९ लाख ५१ हजार ९ सय १ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वरभर कोरोना भाइरसको संक्रमणको कारण ४८ हजार २ सय ८४ जनाको ज्यान गइसकेको छ।
संक्रमितमध्ये २ लाख २ हजार ३ सय ४२ जना उपचारपछि निको भएका छन्।
सबैभन्दा बढी चीनमा ७६ हजार ५ सय ७१ जना निको भएका छन्। स्पेनमा २६ हजार ७ सय ४३ जना निको भएका छन्।
यस्तै जर्मनीमा १९ हजार १ सय ७५ जना निको भएका छन्।
अमेरिकामा २ लाख १६ हजार ७ सय २२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। इटालीमा १ लाख १० हजार ५ सय ७४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
त्यस्तै स्पेनमा १ लाख ४ हजार १ सय १८ जना मानिस संक्रमित भइसका छन्।
इटालीमा १३ हजार १ सय ५छ जनाको कोरोना भाइरसको संक्रमणबाट मुत्यु भैसको छ।
स्पेनमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ९ हजार ३ सय ८७ पुगेको छ।
अमेरिकामा ५ हजार १ सय १२ जनाको कोरोना भाइसरको संक्रमणबाट मुत्यु भइसको छ ।
‘सार्क’मा कुन देशमा कति
सार्क देशमा सबै भन्दा बढी पाकिस्तानमा २ हजार २ सय ९१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा ३१ जनाको मुत्यु भइसको छ । त्यस्तै १ सय ७ जना संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किसकेका छन्।
भारतमा २ हजार ३२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणबाट भारतमा ५८ जनाको मुत्यु भइसको छ। १ सय ४८ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएका छन्।
अफ्गानिस्तानमा २ सय ३९ जना कोरोना भाइसर संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणबाट अफ्गानिस्तानमा ४ जनाको मुत्यु भएको छ। ५ जना संक्रमित उपचारपछि निको भएका छन्।
बंगलादेशमा ५६ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन्। कोरोनाको संक्रमणबाट ६ जनाको मुत्यु भएको छ। २५ जना संक्रमित उपचारपछि निको भएका छन्।
श्रीलंकमा १ सय ४८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। २१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा १९ जना कोरोना भाइरबाट संक्रमित भएका छन्। १३ जना निको भएर घर फर्किसका छन्।
भुटानमा ५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। १ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा ६ जना कोरोना भाइरबाट संक्रमित भएका छन् भने एक जना निको भएर घर फर्किसकेका छन्।