काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट संसारभर ५२ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजेसम्म कोरोना भाइरसको संक्रमणले संसारभर ५२ हजार ९ सय ७३ जनाले ज्यान गुमाएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर संक्रमित हुनेको संख्या १० लाख १४ हजार ६ सय ७३ पुगेको छ। २ लाख १० हजार २ सय ६३ जना कोरोना भाइरस संक्रमित उपचारपछि घर फर्किसकेका छन्।
२४ घन्टामा संसारभर ७९ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ५ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको तथ्यांक रहेको छ।
एकै दिनमा अमेरिमा २९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् भने ९ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। यो सँगै अमेरिकामा २ लाख ४३ हजार ४ सय ५३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मुत्यकको संख्या ६ हजार पुगेको छ।
इटालीमा १ लाख १५ हजार २ सय ४२ जना मानिस संक्रमित भएका छन् भने १३ हजार ९ सय १५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।
स्पेनमा एक लाख १२ हजार ६५ जना संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउने संख्या स्पेनमा १० हजार ३ सय ४८ पुगेको छ।
उपचार पछि निको भएर घर फर्किने
चीनमा ७६ जना कोरोना संक्रमित बिरामी उपचार पछि घर फर्किसकेको छन्।
स्पेनमा २६ हजार ७ सय ४३ जना मानिस उपचार पछि घर फर्किसकेका छन्।
जर्मनीमा २२ हजार ४ सय ४० जना कोरोना संक्रमित उपचार पछि घर फर्किसको छन्।
इटालीमा १८ हजार २ सय ७८ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन्।
इरानमा १६ हजार ७ सय ११ जना उपचार पछि निको भएर घर फर्किएका छन्।
फ्रान्समा १२ हजार ५ सय ४८ जना बिरामी उपचार पछि घर फर्किसका छन्।
अमेरिकामा १० हजार ४ सय ३ जना कोरोना संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किसकेका छन्।