काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको उपचारमा अत्यावश्यक उपकरण सेभ द चिल्ड्रेनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल अन्तर्गत स्थापना भएको कोभिड–१९ अस्थायी उपचार अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमित तथा शंकास्पद बिरामीको उपचार तथा व्यवस्थापनमा सहज होस भनि उपकरण हस्तान्तरण गरिएको सेभ द चिल्ड्रेन बुटवलका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहले बताए।
उनका अनुसार अस्पताललाई सक्सन मेशिन दुई थान, ईसिजी मेशिन एक थान र कार्डियाक मोनिटर २ थान हस्तान्तरण गरिएको छ। ६ लाख मूल्यका ती उपकरणहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनाललाई हस्तान्तरण गरिएको हो।