काठमाडौं – कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपपछि निको भएर घर फर्किनेको संख्या २ लाख १२ हजार नाघेको छ।
नेपाली समय अनुसार शुक्रबार दिउसो ३ बजेसम्म २ लाख १२ हजार ७२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
चीनमा सबैभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसको छन्। चीनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ७६ हजार ७ सय ४१ पुगेको छ।
स्पेनमा २६ हजार ७ सय ४३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। त्यस्तै इटालीमा उपचारपछि घर फर्किनेको संख्या १८ हजार २ सय ७८ पुगेको छ। अमेरिका अहिलेसम्म १० हजार ४ सय ३ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभरर्सिटीको तथ्यांक अनुसार संसारभर १० लाख १७ हजार ६ सय ९३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोनाभाइरसबाट संक्रमित भएका ५३ हजार १ सय ७९ जनाले ज्यान गइसकेको छ।
अमेरिमा कोरोना भाइरसबाट सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा अहिलेसम्म २ लाख ४५ हजार ५सय ७३ जना मानिस संक्रमित भएका छन्।
इटालीमा १ लाख १५ हजार २ सय ४२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
स्पेनमा १ लाख १२ हजार २ सय ४२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जर्मनीमा ८४ हजार ७ सय ९४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
चीनमा कोरोना भाइरसबाट ८२ हजार ४ सय ६४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
फ्रान्समा ५९ हजार ९ सय २९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
इरानमा ५० हजार ४ सय ६८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
युकेमा ३४ हजार १ सय ७३ जना कोराना भाइरसबाट संक्रमित भएका छन्।
स्विटजरल्याण्डमा कोरोना भाइरसबाट १८ हजार ८ सय २७ जना संक्रमित भएका छन्।
टर्कीमा संक्रमितको संख्या १८ हजार १ सय ३५ पुगेको छ।
बेल्जियममा १५ हजार ३ सय ४८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
नेदरल्याण्ड्समा १४ हजार ७ सय ८८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
क्यानाडामा ११ हजार १ सय ९९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
अस्ट्रियामा ११ हजार १ सय ९९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
दक्षिण कोरियामा १० हजार ६२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।