काठमाडौं– कोराना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ५९ हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार बिहान साढे ७ बजेसम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ।
इटालीमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मानिसको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसको छ।
स्पेनमा ११ हजार १ सय ९८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ।
अमेरिकामा मुत्यु हुनेको संख्या ७ हजार ३ सय ९१ पुगेको छ। फ्रान्समा मुत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ। युकेमा मुत्यु हुनेको संख्या ३ हजार ६ सय ५ पुगेको छ।
इरानमा ३ हजार २ सय ९४ जनाको ज्यान गइरसको छ।
चीनको हुवेइमा ३ हजार २ सय ३ जनाको मुत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १० लाख ९७ हजार ९ सय ९ जना संक्रमित भइसकेका छन्।
२४ घण्टामा संसारभर ८२ हजार भन्दा बढी मानिस संक्रमित भए भने ५ हजार बढी मानिसले कोरोना भाइरसको संक्रमणले ज्यान गुमाएका छन्।
अमेरिकामा एक दिनमा ३२ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने एक हजार तीन सय भन्दा बढी मानिसको मुत्यु भइसकेको छ। यो सँगै
अमेरिकामा २ लाख ७६ हजार ९ सय ६५ जना मानिसकोरोना भाइरसबाट संक्रमित भएका छन्।
इटालीमा १ लाख १९ हजार ८ सय २७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्पेनमा १ लाख १९ हजार १ सय ९९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या २ लाख २५ हजार ९ सय ४२ पुगेको छ।
चीनमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किएका छन्। चीनमा उपचारपछि निको भएर भएर घर फर्किनेको संखया ७६ हजार ७ सय ६० पुगेको छ।
स्पेनमा ३० हजार ५सय १३ जना बिरामी उपचार पछि निको भएर घर फर्किसकेका छन्।
जर्मनमा २४ हजार ५ सय ७५ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इटालीमा १९ हजार ७ सय ५८ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इरानमा १७ हजार ९ सय ३५ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा १४ हजार १ सय ३५ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा १२ हजार २ सय ८३ मानिस उपचार पछि घर फर्किएका छन्।