काठमाडौं - भोरले कोरोनाको महामारी नियन्त्रणमा योगदान गर्ने व्यक्ति र संस्थालाई महानायक सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
कोरोनाको महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई प्रोत्साहन र कदर स्वरुप सम्मान प्रदान गर्न लागिएको भोरले जनाएको छ। भोरले विभिन्न ३१ विद्या अन्तर्गत उक्त सम्मान वितरण गर्ने घोषणा गरेको हो। उक्त सम्मान कोरोनाको महामारी सकिएपछि वितरण गरिनेछ।
कोरोनाको महामारीबाट नेपाल मुक्त भएपछि विभिन्न प्रक्रियाबाट सम्मानित हुनेहरुको खोजी गरिने भोरका संस्थापक राजकुमार महातोले जानकारी दिए। उनले भने, ‘कोरोनाको महासंकटमा महामारीबाट बचाउन साहसी र उदाहरणीय कार्य गर्नेहरुलाई हामी सम्मान गर्छौ।’
कोरोनाको महामारी भएको बेला सम्मानको उद्घोष गर्दा उनीहरुलाई हौसला मिल्ने र कोरोना विरुद्धको लडाईमा योगदान गर्न उर्जा मिल्ने विश्वास रहेको उनले बताए।
महानायक सम्मान अन्र्तगत ३१ प्रस्तावित विधाहरुमा प्रदान गरिनेछ :
१. स्थानीय सरकार – सात (प्रत्येक प्रदेशबाट एक)
२. प्रदेश सरकार – एक
३. संघीय मन्त्रालय – एक
४. डाक्टर – सात (प्रत्येक प्रदेशबाट एक)
५. नर्स – सात (प्रत्येक प्रदेशबाट एक)
६. प्यारामेडिक्स – सात (प्रत्येक प्रदेशबाट एक)
७. डायगोनोष्टिक – सात (प्रत्येक प्रदेशबाट एक)
८. जनस्वास्थ्यकर्मी – सात (प्रत्येक प्रदेशबाट एक)
९. क्वारेन्टाइन व्यवस्थापन ( सात (प्रत्येक प्रदेशबाट एक)
१०. प्रयोगशाला व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक)
११. आइसोलेसन व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक)
१२. कन्टायक्ट ट्ेसिङ्ग व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक)
१३. एमबुलेन्स चालक ( सात (प्रत्येक प्रदेशबाट एक)
१४. प्रमुख जिल्ला अधिकारी – सात (प्रत्येक प्रदेशबाट एक)
१५. अभियन्ता – सात (प्रत्येक प्रदेशबाट एक)
१६. उद्धारकर्ता – सात (प्रत्येक प्रदेशबाट एक)
१७. नेपाल प्रहरी – सात (प्रत्येक प्रदेशबाट एक)
१८. सशस्त्र प्रहरी – सात (प्रत्येक प्रदेशबाट एक)
१९. नेपाली सेना – सात (प्रत्येक प्रदेशबाट एक)
२०. सरकारी अस्पताल – सात (प्रत्येक प्रदेशबाट एक)
२१. नीजि अस्पताल – सात (प्रत्येक प्रदेशबाट एक)
२२. संचारकर्मी – सात (प्रत्येक प्रदेशबाट एक)
२३. दानवीर – सात (प्रत्येक प्रदेशबाट एक)
२४. एनआरएन – सात (प्रत्येक प्रदेशबाट एक)
२५. सिनेकर्मी – सात (प्रत्येक प्रदेशबाट एक)
२६. सचेतना सामाग्री प्याकेज – सात (प्रत्येक प्रदेशबाट एक)
२७. सरसफाई कर्मचारी – सात (प्रत्येक प्रदेशबाट एक)
२८. राष्ट्रिय गैरसरकारी संस्था – सात (प्रत्येक प्रदेशबाट एक)
२९. अन्तरराष्ट्रिय गैर सरकारी संस्था – सात (प्रत्येक प्रदेशबाट एक)
३०. साझेदार निकाय (इडिपी)– सात (प्रत्येक प्रदेशबाट एक)
३१. क्यारेन्टाइनको लागि आवास उपलब्ध गराउने व्यक्ति र संस्था – सात (प्रत्येक प्रदेशबाट एक)।