काठमाडौं– कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या २ लाख ३३ हजारभन्दा माथि पुगेको छ।
नेपाली समय अनुसार शनिबार दिउसो साढे ५ बजेसम्म २ लाख ३३ हजार ५ सय ९१ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ११ लाख ३१ हजार ७ सय १३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
अमेरिकामा सबै भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ५८ पुगेको छ।
इटालीमा संक्रमितको संख्या १ लाख १९ हजार ८ सय २७ पुगेको छ। स्पेनमा १लाख १९ हजार १ सय ९९ जना संक्रमित भएका छन्।
विश्वभर ५९ हजार ८ सय ८४ जनाको कोरोना भाइरका कारण ज्यान गइसकेको छ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटालीमा मानिसको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१ जाको ज्यान गइसकेको छ।
स्पेनमा मुत्यु हुनेको संख्या ११ हजार १ सय ९८ पुगेको छ।
अमेरिकामा ७ हजार४ सय ३ जनाको मुत्यु भइसको छ।
फ्रान्समा ६ हजार ५ सय ७ जनाको मुत्यु भइसको छ।
इरानमा ३ हजार २ सय ९४ जनाको मुत्यु भइसको छ।
नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना उपचारपछि निको भइसकेको छ भने बाँकी ८ जना अस्पतालमा उपचाररत छन्।