काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट विश्वमा ६४ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
नेपाली समय अनुसार आइतबार बिहान साढे ८ बजेसम्म ६४ हजार ७ सय ५३ जनाले कोरोना भाइरसको संक्रमणका कारणले ज्यान गुमाइ सकेकाछन्।
इटालीमा सबै भन्दा बढी मानिसको ज्यान गएको छ। इटालीमा कोरोनाको संक्रमणले ज्यान जानेको संख्या १५ हजार ३ सय ६२ जना छन्। त्यस्तै स्पेनमा मुत्यु हुनेको संख्या ११ हजार ९ सय ४७ पुगेको छ। अमेरिकामा मुत्यु हुनेको संख्या ८ हजार ४ सय ५२ पुगेको छ। फ्रान्समा ७ हजार ५ सय ६० जनाले ज्यान गुमाइसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १२ लाख २ हजार २ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
विश्वका विभिन्न देशमा गरेर २४ घन्टामा ८४ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्, भने ५ हजार भन्दा बढी मानिसको मुत्यु भएको छ।
अमेरिकामा २४ घन्टामा ३४ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १ हजार ३ सय जनाको ज्यान गएको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगेको छ।
स्पेनमा १ लाख २६ हजार १ सय ६८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
संसारभर २ लाख ४६ हजार ४ सय ५७ जना संक्रमित बिरामी निको भएर घर फर्किसकेका छन्।
चीनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ७६ हजार ९ सय ४६ पुगेको छ।
स्पेनमा उपचारपछि निको घर फर्किनेको संख्या ३४ हजार २ सय १९ पुगेको छ।
जर्मनीमा उपचार पछि घर फर्किने संक्रमित बिरामीे संख्या २६ हजार ४ सय पुगेको छ।
इटालीमा २० हजार ९ सय ९६ जना मानिस उपचारपछि निको भएरघर फर्किसकेका छन्।
इरानमा १९ हजार ७ सय ३६ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्। फ्रान्समा १५ हजार ५ सय ७२ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा १४ हजार ८ सय २५ जना बिरामी उपचारपछि घर फर्किसकेका छन्।