काठमाडौं - नेपाल नर्सिङ्ग काउन्सिलले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सरकारसँग अपिल गरेको छ।
काउन्सिलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको वातावरण बनाउन अपिल गरेको हो।
विज्ञप्तिमा भनिएको छ, 'कोभिड १९ को पहिचान, रोकथाम र उपचारका लागि खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुको लागि उच्च सम्मान र सुरक्षाको वातावरण तयार पार्न हामी अपिल गर्दर्छौ।'
काउन्सिलले कोरोना विरुद्धको लडाइँमा क्रियाशिल भई काम गर्न नर्स, मिडवाइफ लगायत स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेको छ। पेशागत आचार संहिताको पालना गरी आफ्नो जिम्मेवारीमा खटिन काउन्सिलले सबैलाई आग्रह गरेको छ।
