काठमाडौं– कोरोना भाइरसबाट संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ लाख ५२ हजार नाघेको छ।
नेपाली समय अनुसार आइतबार बेलुका साढे ८ बजेसम्म २ लाख ५२ हजार ६ सय १५ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
चीनमा सबै भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। चीनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ७७ हजार २ सय ७ पुगेको छ।
स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ३८ हजार ८० पुगेको छ। जर्मनीमा २६ हजार ४ सय जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इटालीमा २० हजार ९ सय ९६ सय जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इरानमा १९ हजार ७ सय ३६ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा १५ हजार ५ सय ७४ जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर १२ लाख २५ हजार ३ सय ६० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
संसारभर कोरोना भाइरसको संक्रबाट मुत्यु हुनेको संख्या ६६ हजार ५ सय ४२ पुगेको छ।
आतबार मात्र विभिन्न देशमा गरेर २३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। १ हजार ८ सयभन्दा मानिसको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ।
आइतबार सबै भन्दा बढी मानिस स्पेनमा संक्रमित भएका छन्। स्पेनमा ४ हजार ५ सय ९१ जना नयाँ बिरामी थपिएका छन् भने ४ सय ७१ जनाको मुत्यु भइसकेको छ। यो सँगै स्पेनमा संक्रमितको संख्या १ लाख ३० हजार ७ सय ५९ पुगेको छ। स्पेनमा १२ हजार ४ सय १८ जनाले ज्यान गुमाइसकेका छन्।
अमेरिका हालसम्म सबै बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ३ लाख ११ हजार ६ सय ५६ पुगेको छ। ८ हजार ४ सय ५४ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
इटालीमा सबै भन्दा बढी मानिसको कारोना भाइसरको संक्रमणबाट ज्यान गुमाएका छन्। इटालीमा ज्यान गुमाउने संख्या १५ हजार ३ सय ६२ पुगेको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।