इटहरीः नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना भाइरस(कोभिड१९)को विषयमा बेलायती चिकित्सकसँग भिडियो कन्फ्रेन्स गरेका छन्।
इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल र इटहरी रेप्सिनको संयुक्त पहलमा सो कन्फ्रेन्स भएको थियो।
शनिबार भएको सो कन्फ्रेन्समा बेलायतमा कार्यरत बेलायती तथा नेपाली चिकित्सकले कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार सम्बन्धि प्रशिक्षण दिएका थिए।
इटहरी इमरजेन्सी वार्ड इन्चार्ज रामकुमार धमलाले नेपाल भरिका ८० जना स्वास्थ्यकर्मीहरुले कन्फ्रेन्समा भाग लिएको जानकारी दिए। साथै इटहरी उपमहानगरपालिका, इटहरी रेप्सिनका प्रमुख पनि कन्फ्रेन्समा सहभागि भएका थिए।
सम्मेलनमा बेलायतका ईमर्जेन्सी मेडिसिनका प्राडा प्रकाश सुवेदी, डा नुसाद खान, डा जि एलिट, डा प्रकाश रिजाल, डा दिलिप यादव, भद्रि सुवेदी लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए।
कोभिड १९ को महामारीको यो विषम परिस्थितिमा प्रविधिको प्रयोग गरि नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड१९ को विषयमा सिकाई आदानप्रदान र प्रशिक्षित गरिएको हो।