काठमाडौं –कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार बेलुका ९ बजे सम्म ७० हजार ५ सय ९० जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
कोरोनाको संक्रमणले ज्यान गुमाउने सबैभन्दा बढी इटालीमा रहेका छन्। इटालीमा १५ हजार ८ सय ८७ जनाले ज्यान गुमाइसकेका छन्।
त्यस्तै स्पेनमा १३ हजार ५५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। अमेरिकामा ९ हजार ६ सय २४ जनाले ज्यान गुमाइसकेका छन्। फ्रान्समा ज्यान गुमाउनेको संख्या ८ हजार ७८ पुगेको छ। इरानमा ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय ३९ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार सोमबार राती ९ बजेसम्म १२ लाख ८९ हजार ३ सय ८० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
२ लाख ७० हजार ३ सय ७२ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
चीनमा हालसम्म ७७ हजार ३ सय १० जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ४० हजार ४ सय ३७ पुगेको छ।
जर्मनीमा २८ हजार ७ सय बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इरानमा २४ हजार २ सय ३६ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा १७ हजार ५ सय ८२ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा १६ हजार ३ सय ५४ जना बिरामी उपचार पछि निको भएर घर फर्किसकेका छन्।